OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०७९काठमाडौं
५२१ पटक

१० माघ २०७९, मंगलबार

आज दिउसो २ः४३ बजेतिर गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पको केन्द्रविन्दु बाजुराको मेला भएको जनाईएको छ । भूकम्प जाँदा जाँदा बाजुरका विभिन्न स्थानमा घर भत्किएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका–६ मा एउटा विद्यालय र दुई घर वडा नं ७ मा एउटा घर र वडा नं २ घर भत्केको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पको धक्का महसुस सुदूरपश्चिमसहित कर्णाली प्रदेशका सबै जिल्लामा भएको छ । आज दिउँसो २ः४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी देश भारत उतराखण्ड प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ ।

यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । उक्त समयमा सयौं परकम्प पनि गएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्