OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २७, २०७९
४८९ पटक

२७ कात्तिक २०७९ आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका तीन जिल्लाको चुनावीसभालाई सम्बोधन गर्नुहुने भएको छ ।

आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि एमालेका तीनै जिल्ला पार्टीहरुद्वारा आज कर्णालीको मान्म, दैलेख सदरमुकाम र सुर्खेत वीरेन्द्रनगरमा आयोजित चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले जानकारी दिनुभयो ।

कार्यतालिका अनुसार अध्यक्ष ओलीले सुरुमा कालीकोट, दोस्रोमा दैलेख र तेस्रोमा सुर्खेत वीरेन्द्रनगरमा हुने चुनावी आमसभालाई सम्बोधन गर्नुहुने उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त चुनावी आमसभामा कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा हजारौं कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

प्रतिकृया दिनुहोस्