OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ५, २०७९सुर्खेत
२३५ पटक

५ कात्तिक २०७९, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट पाँच व्यक्ति पक्राउ गरेको छ ।

प्रहरीले सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत निवासी ३० वर्षीय गंगे सुनार, ३९ वर्षीय दिपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउपालिका ३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतमा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई गएराति २३ः४५ बजेको समयमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.१७ च.७९६९ नं.को स्कार्पियो गाडी सुब्बा कुनामा चेकजाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नगरेको दुई पुरिया लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रनाउ कार्कीका अनुसार भारतको बहराईज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत गण्डकीलाईन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

भेरीगंगा नगरपालिका १२ सुर्खेतस्थित चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.५.च ३७७२ नं.को फोर्स गाडीमा छिन्चुमा चेकजाँचमा प्रहरीले अलिलाई पक्राउ गरेको थियो । लागु औषधसहित पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी कारवाहीका लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्