OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ७, २०७९सुर्खेत
५८१ पटक

७ असोज २०७९, बिहीबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताउनुभएको छ ।

दशैं तिहारको अवधिमा सवारी दुर्घटना हुने, कालाबजारी तथा चोरीका घटना बढ्ने, लागु औषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातासका अवैध धन्दा चल्ने अवस्थालाई मध्य नजर गर्दै चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हप्तापिच्छे दुई÷तीन पटक बजार अनुगमन गरिरहेका छौं । अनुगमनको प्रभावकारिताका लागि कडाईका साथ लगिएको छ ।”

सुर्खेतका बढी भिड हुने वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, गुर्भाकोट, बोटेचौर, सिम्ता, बड्डीचौर, बाबियाचौलगायतका बजारमा व्यापार व्यवसायलाई सेवाग्रहीमैत्री र सहज बनाउन विशेष सुरक्षा योजनाले सहयोग पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सुरक्षा योजना अनुरुप समाजमा अन्य सामाजिक अपराधका घटना घट्न नदिन मुख्य मुख्य बजारमा सुरक्षाकर्मी खटाइएको छ ।

प्रजिअ रिजालले नागरिकहरुका सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन सुर्खेतसँग समन्वय गरेर सुपथ मूल्यका पसल सञ्चालन गर्न लगाइएको बताउनुभयो । सुर्खेतलगायत कर्णालीका दशै जिल्लामा सुपथ मूल्यका पसल सञ्चालनमा आएपछि पछिल्लो एक हप्तामा समान किन्ने नागरिकहरुको घुईचो लाग्न थालेको छ ।

प्रतिकृया दिनुहोस्