OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०७९जुम्ला
७०५ पटक

१९ असार २०७९ शनिबार

पातारासी गाउँपालिका–४ जुम्ला स्थित बागजाले पाटनमा परेको चट्याङले पाँच जना कृषकका ८० भेडा मरेका छन् । सो चट्याङका कारण करिब ३०० भेडा हराएका छन् ।

पातारासी गाउँपालिका–४ लुम निवासी पाँच कृषकका भेडा मरेको गाउँपालिकाका पशु शाखाका प्राविधिक हरि कामीले जानकारी दिनुभयो । प्राविधिक कामीका अनुसार चट्याङ परेको पाटनमा अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको छ ।

सोही गाउँपालिकामा रहेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदका अनुसार चट्याङ लागेर पाटनमा मरेका भेडा किसान जोरा रोकाया, रामबहादुर रेउले, शङ्कर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाको रहेको प्रहरी चौकी डिल्लीचौरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्