OnlinePana

आज : २०८३ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १९, २०७९जुम्ला
१०२३ पटक

१९ जेठ २०७९, बिहीबार

कर्णाली प्रदेशका १५ स्थानीय तह स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रमअन्तरगत छनौटमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशका चार नगरपालिका र ११ गाउँपालिका यो कार्यक्रमको लागि छनौट गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने जनाइएको छ ।

कर्णााली प्रदेशबाट ५७ स्थानीय तहबाट आएको आशयकाे मूल्याङ्कनका आधारमा १५ स्थानीय तह छनौटमा परेको सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । सो कार्यक्रमअन्तरगत पूर्वाधार विकास, जलवायु परिर्वतन, फोहोर मैला व्यवस्थापनलगायतको क्षेत्रमा काम सञ्चालन हुनेछ ।

 

प्रतिकृया दिनुहोस्