OnlinePana

आज : २०८३ जेठ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७९जुम्ला
५३५ पटक

१२ जेठ २०७९ बिहीबार

तिला गाउँ कार्यपालिकाका लागि आज भएकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सदस्यहरु विजयी भएका छन् ।

माओवादी केन्द्र र एमालेबीच समीकरण भएकाे थियाे । विजयी हुने कार्यपालिका सदस्यहरुमा नेकपा माओवादी केन्द्रकाे खुलातर्फ धनबहादुर नेपाली र महिला सदस्यद्वय उषा नेपाली र गाेरीकला कामी रहेका छन् । त्यसैगरी नेकपा एमालेबाट खुलातर्फ रामचन्द्र नेपाली विजय रहेकाे जनाउँदै महिला सदस्यद्वय राजकन्या सार्की र बिष्णुकुमारी शाही चयन भएकाे नेकपा माओवादी केन्द्र तिला गाउपालिका कमिटीकाका अध्यक्ष बीरबहादुर रावत कीर्तिमानले जानकारी दिनुभयाे ।

मा‌ओवादी र एमालेबीच भएकाे समीकरणका कारण नेपाली काँग्रेसका दुवै उम्म्दवार विजयी हुन सकेनन् ।

प्रतिकृया दिनुहोस्