२०७९ वैशाख ६ गते, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे दाेस्राे अधिवेशन शुरू भएकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन शुरू भएकाे हाे । अधिवेशनकाे उद्धाटन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले गर्नुभएकाेछ । अध्यक्ष बिष्णु शर्माकाे अध्यक्षतामा हाेटल भ्याली भ्यूमा शुरू भएकाे अधिवेशनमा कर्णाली प्रदेशका अपाङ्गता क्षेेेत्रमा कार्यरत ३३ संस्थाका ६६ जना प्रतिनिधि र सहभागी गरेर एक सय व्यक्तिकाे सहभागिता भएका छन् । अधिवेशनमा राष्ट्रिय अपांग महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मा, उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत, अनुशासन संयाेजक टेकनाथ न्याैपाने , लुम्विनि प्रदेशका अध्यक्ष देविदत्त अाचार्य, महासंका केन्द्रीय सदस्य केशवराज देवकाेटा, पुर्व केन्द्रीय सदस्य नन्दराज धिताल, पत्रकार महासंघ जुुम्लाका अध्यक्ष तथा पुर्व केन्द्रीय सदस्य नेत्रबहादुर शाही र सामाजिक विकास मन्त्रालयका सामाजिक विभाग प्रमुख अनिता ज्ञवाली सहितका अपाङ्गता अधिकारकर्मी, अतिथि र दाभासे उद्धाटन कार्यक्रमा सहभागी हुनु भएकाे छ ।
नेत्र शाही ,बैशाख ६, २०७९सुर्खेत
५२१ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम