OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७८सुर्खेत
२४१ पटक

१० मंसिर २०७८, शुक्रबार

नपाली काँग्रेसको आसन्न १४औं महाधिवेशन अन्तरगत हुने सुर्खेत जिल्ला कार्यसमिति चयनका लागि सभापति पदका लागि आकांक्षी उम्मेदवारको संख्या बढेको छ ।

यहाँका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सम्पूर्ण प्यानल संस्थापन (देउवा) समुहले जितेको छ । संस्थापनइतर (पौडेल) समुहबाट महाधिवेशन प्रतिनिधिमा पराजित हुँदा सभापतिको उम्मेदवार हुने ढोका बन्द भएको छ । यसले गर्दा संस्थापन समुहका महामन्त्री पूर्ण बहादुर खड्का निकटभित्रै सभापतिका आकांक्षी बढेका छन् ।

जिल्ला सभापतिका लागि यज्ञबहादुर बुढाक्षेत्री, देवकुमार सुवेदी, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी छन् । ती मध्ये बुढाक्षेत्री कर्णाली प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री र सुवेदी वीरेन्द्रनगर नगरपालिका र थापा पञ्चपुरी नगरपालिकाका नगरप्रमुख हुनुहुन्छ।

सभापतिका आकांक्षीमध्ये क्षेत्र नं। १ बाट खड्कबहादुर पोखरेल र क्षेत्र नं. २ बाट उपेन्द्रबहादुर थापाले सभापतिका लागि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उम्मेदवारी दिने मध्य बुढा, सुवेदी, खड्का, रावत र भारती सभापतिका बलिया उम्मेद्वारका रुपमा देखिनु भएको छ ।

बुढा यसअघि १३औं महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी र खड्का महामन्त्री खड्काकै सहोदर भाई हुनुहुन्छ। सु शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगिसकेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्