

६ साउन २०७८, आईतबार
नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ बाहके ६ वटा प्रदेशमा प्रदेश इन्चार्ज तोकेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
्केन्द्रले प्रदेश नम्बर २ मा गणेश साह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई प्रदेश इन्चार्ज तोकेको छ । त्यस्तै, कर्णाली प्रदेशको इन्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिईएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश १ को इन्चार्ज भने टुंगो लागेको छैन । सुरेन्द्र कार्की वा सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने बताइएको छ । जिल्ला समन्वय समितिको संयोजक चयन गर्ने जिम्मा भने प्रदेश कमिटीलाई दिइएको छ ।