OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७८काठमाडौं
४८६ पटक

३ भाद्र २०७८, बिहीबार

सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएसँगै शर्माले सरकारी नियुक्तिमा भाग पाएको बताईएको छ । प्रदेश प्रमुखमा सिफारिस हुनुभएका शर्मा माधव नेपाल निकट हुन् । गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । जसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन, गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले विष्णु प्रसाईलाई बागमती प्रदेशको प्रमुख नियुक्त गरेको थियो । प्रसाई झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित हुनुभएको थिजयो ।

माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा उहाँको स्वकीय सचिव रहनुभएका शर्मालाई राजदूत बनाउन नेपालले गरेको आग्रह गर्दा त्यतिबेला केपी शर्मा ओलीले बेवास्ता गरिएको आरोप लगाईएको थियो ।

 

प्रतिकृया दिनुहोस्