OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७८काठमाडौं
५८१ पटक

३ भाद्र २०७८, बिहीबार

राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित ६७ वर्षको उमेरमा उहाँको बुधबार साँझ निधन भएको हो ।

कोरोना संक्रमण भएपनि उहाँ नेपाल एपिएफ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । पब्लिकेशनका संस्थापक अध्यक्ष रहेका शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको नेतृत्वसमेत सम्हाल्नुभएको थियो । उहाँ पछिल्लो समय मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष पनि हुनुहुन्थ्यो ।

शेरचनको पार्थिव शरीरलाई अहिले ११ः०० बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने जनाइएको छ । उहाँका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्