OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७८काठमाडौंसुर्खेत
८५३ पटक

२ भाद्र २०७८, बुधबार

कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

कर्णाली प्रदेश सरकारका विसं. २०७८ बैशाख ७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा भदौं ४ गते प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने सूचना गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिनुभयो ।

विसं.२०७२ साउन २३ गतेदेखि कर्णालीमा भदौं ४ गतेसम्म सञ्चालन भएको कर्णाली आन्दोलनले नेपालको कान्छो प्रदेशका रुपमा कर्णाली (६ नम्बर) प्रदेश स्थापना गरेको थियो । प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादु बिसी, टिकराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस मनाउँदै आएको छ ।’

प्रतिकृया दिनुहोस्