कोरपाटी संवाददाताभाद्र २, २०७८काठमाडौं

४२० पटक

२ भाद्र २०७८, बुधबार
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । उहाँको स्थानमा अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरिएको छ।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको ओली समुहका एक नेताले जनाए । केपी पक्षसँग रुष्ट बनेकी शाक्य दल दर्ता सम्बन्धी अध्यादेश जारी भएपछि माधव नेपाल समूहमा लाग्ने आंकलन गरिएको थियो । यद्यपि ओली पक्षले शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।