कोरपाटी संवाददाताभाद्र २, २०७८काठमाडौं

५५० पटक

२ भाद्र २०७८, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गर जारी गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।