OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १, २०७८सुर्खेत
५६९ पटक

 १ भाद्र २०७८, मंगलबार

नेपाली काँग्रेस वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ६, ८ र ११ का सभापतिहरुले नगर सभापति देवकुमार सुवेदीका कारण नयाँ क्रियाशील सदस्यता पाउनबाट बञ्चित भएको आरोप लगाएका छन।

यी चार वटा वडाका सभापतिहरु शेरबहादुर थापा, मोतिप्रसाद कँडेल, चन्द्रलाल आचार्य र भुवनेश्वर उपाध्यायले मंगलवार संयुक्त विज्ञप्ति जारी गरी काँग्रेस वीरेन्द्रनगर नगर सभापति सुवेदीका कारण यी चार वटा वडाका ७०६ जना सदस्यहरुले नयाँ क्रियाशील सदस्यताबाट पाउनबाट बञ्चित भएको जनाएका हुन्।

विज्ञप्तिमा काँग्रेसको विधान बमोजिम वडादेखि नगर कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी सफ्टवेयरमा इन्ट्री भइ शुल्कलगायत आवश्यक सबै प्रक्रिया पुरुा गरी विधिवतरुपमा सिफारिस भइसकेका नयाँ क्रियाशील सदस्यताको कागज हेर्दै नहेरी महामन्त्री पूर्णबहादुर खड्कालाई सहज गराउन नगर सभापति सुवेदीले नयाँ क्रियाशील सदस्यता स्थगन गरेको वा गर्न लगाएको उल्लेख छ।

यदि यसो हो भने यस कार्यबाट हुने क्षतिको जिम्मेवारी नगर सभापति र सदस्यता रोक्न लगाउने व्यक्तिले व्यहोर्नुपर्ने कडा चेतावनी वडा सभापतिहरुले दिएका छन् ।

नयाँ क्रियाशील सदस्यता स्थगनको विषयलाई लिएर काँग्रेस पार्टी, सभापति, पदाधिकारी र छानविन समितिलाई पटक पक सुधार गर्न आग्रह र अनुरोध गर्दा पनि सुनुवाई नभएको विज्ञप्तिमा उल्लेख छ।

वडा समितिहरुले सर्वसम्मत सिफारिस गरे बमोजिम वीरेन्द्रनगर नगर कार्य समितिको विसं.२०७७ फागुन १६ को निर्णय नं। २ मा गरिएको सर्वसम्मत निर्णय अनुसार छानविन समितिलाई पत्र लेखिदिन आग्रह गर्दासमेत नगर सभापति सुवेदीले अस्वीकार गरेकोमा सुनियोजित र पूर्वाग्रहका कारण यी चार वटा वडामा कृत्रिम विवाद सिर्जना गरेको ठहर उनीहरुले गरेका छन् ।

विधान अनुसार प्रक्रिया पूरा गरी सिफारिस भएका नयाँ क्रियाशील सदस्यता रोकिनुले संगठन विस्तारमा ठूलो आघात पुग्ने पनि उनीहरुले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।

 

प्रतिकृया दिनुहोस्