OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७८काठमाडौं
३३७ पटक

३२ साउन २०७८, सोमबार

सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् ।

‘दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो । जसले आफ्नो पार्टी र संसद दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो,’ उनले भनिन्, ‘अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ ।’
उनले ओली सरकारका पालामा भएका अनियमिततालाई उदाहरणका रुपमा लिँदै भनिन्, ‘यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन, सांसदलाई सिंहदरबार र पार्टी कार्यालय कुन हो भन्ने छुट्याउन नसक्नेगरी बालुवाटारबाट शासन गर्दैन, ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।’

उनले अगाडि भनिन्, ‘ढुक्क हुनुस् । आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन, सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन । सकेसम्म आफ्नो निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्दछ ।’

प्रतिकृया दिनुहोस्