OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७८सुर्खेत
५७० पटक

२६ साउन २०७८, मंगलबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप हुँदा सात विद्यार्थीहरु घाईते भएका छन् ।

घाईते हुनेहरुमा अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बमलगायत रहेका छन् । नेविसंघ नेता एवम् स्ववियू सभापति झक्कबहादुर शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै आन्दोलनरत विद्यार्थीहरुले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंह चढ्ने गाडीलाई लक्ष्यित गर्दै आन्दोलनकारी विद्यार्थीले बञ्चरो प्रहार गरेको जनाईएको छ । विश्वविद्यालयका समस्या समाधानका लागि छलफल भइरहँदा केही व्यक्तिहरुले आफूमाथि भौतिक आक्रमण गरेको उपकुलपति प्राडा.सिंहले जनाउनुभयो । आक्रमणबाट आफ्नो गाडीको सिसा फुटेको उहाँले जानकारी दिनुभयो ।

‘म मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्ने समय बनाई केही व्यक्तिहरुले आफुमाथि आक्रमण गरेको उपकुलपतिले बताउनुभयो । समयमै प्रहरी आइपुगेका कारण अप्रिय घटना हुन नपाएको उहाँले आफूलाई प्रहरीले स्कर्टिङ गरेर निवासमा पुर्याएको बताउनुभयो ।

विद्यार्थी संगठन र प्राध्यापक संगठनहरु विगत लामो समयदेखि विश्वविद्यालयमा अनलाइन परीक्षा हुनुपर्ने सहितका माग राख्दै आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस्