OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २६, २०७८
६७३ पटक

२६ साउन २०७८, मंगलबार

सरकारले हिजै मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गोप्य तवरले नियुक्त गरिसेको छ। यद्यपि निर्णय भने बाहिर आइसकेको छैन।विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका प्रमुखलगायतसँग मंगलबार भेटेर बिदा मागेपछि मात्र खुसुक्क निर्णय गरिएको कुरा बाहिर चुहिएको हो ।

हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरणमा नभए पनि सम्मानजनक ठाउँमा जान लागेको भन्दै सहकर्मीहरुसँग विदा मागेका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री पम्फा भुसालको ठाडो प्रस्ताव अनुसार प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने र कुलमानलाई कार्यकारी निर्देशकको जिम्मेबारी दिइएको थियो ।

यद्यपी कुलमान घिसिङले कार्यकारी निर्देशक र शाक्यले उर्जा आयोगको चिठ्ठी भने पाएका छैनन्। मंगलबार शाक्य प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमानै आएका थिए। उनले विद्युत प्राधिकरणका चालु विभिन्न परियोजना प्रमुखहरुसँग पनि भेटेका थिए।

प्रतिकृया दिनुहोस्