OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०७८सुर्खेत
६१९ पटक

२४ साउन २०७८, आईतबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले सञ्चारमैत्री कानून ल्याउने बताउनुभएको छ ।

मानवअधिकार सञ्चार प्रतिष्ठान, फ्रि मिडिया नेटवक सुर्खेत, पत्रकार महासंघ र इन्टेरनेशनल अलर्टद्वारा संयुक्त आयोजित छलफल कार्यक्रममा मन्त्रीले नेपालीले विषय विज्ञ, पत्रकार सञ्चारकर्मी सम्वद्ध पक्षहरुसँग छलफल गरी उपयुक्त सुझाव लिएर सञ्चारमैत्री कानून ल्याउने बताउनुभएको हो । प्रदेश सरकारले सञ्चारसँग सम्बन्धित ऐन कानुनहरु बनाउने तयारीमा अघि बढेको भन्दै उहाँलें पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रतिवद्ध रहेको जनाउनुभयो ।

“प्रसारण ऐन संशोधनको तयारी भइरहेको छ भने आमसंचार प्रतिष्ठान विधेयक संसदमा दर्ता भएको छ,” उहाँले भन्नुभयो, “लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा छौं ।” यसका साथै जनतालाई सत्य तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई उहाँले सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि स्थानीय तथा प्रदेश सरकारलगायत सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सञ्चारमैत्री कानूनका साथै पत्रकारहरुको क्षमता अभिवृद्धि तथा गुणस्तर वृद्धिका लािग पहल भइरहेको जनाउँदै उहाँले पत्रकारहरुमाथि आइपरेका समस्याहरुको पहिचान र समाधानको पहल गर्न सबैको सहयोगको आवश्यकता रहेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्