OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०७८सुर्खेत
६५५ पटक

२४ साउन २०७८, आईतबार

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले अपराधिक गिरोहलाई नछाड्ने बताउनुभएको छ।

आज पत्रकार सम्मेलन गर्दै प्रा.डा. सिंहले आफ्नोीवरुद्ध अफवाह फैलाउने अपराधिक गिरोहलाई नछोडिने बताउनुभएको छ । आफ्नाविरुद्ध अपवाह फैलाउने अपराधिक गिरोह बिरुद्ध साइवर अपराधको मुद्धा दर्ता गरिएको प्रा।डा।सिंहले बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्ने विरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । ‘विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिए विज्ञप्ति विरुद्ध साइवर अपराधको मुद्दा दर्ता गरिएको छ ।

आफ्नो व्यक्तिगत र संस्थागत जीवनप्रति लक्षित गर्दै श्रृंखलाबद्ध रुपमा आक्रमण हुँदा प्रहरी र जिल्ला प्रशासन कार्यालयले आफुलाई सुरक्षा दिन नसकेको गुनासो सिंहले गर्नुभयो। ‘मेरो निजी आवासमा आक्रमण हुँदा समेत सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले कुनै चासो दिएन, उहाँले भन्नुभयो, ‘साउन १३ गते उपकुलपतिको निजी निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड एवं साउन २३ गते सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएकोसम्म विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षरसमेत दुरुपयोग गरी सुनियोजित तरिकाले गरिएको अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भत्सना गर्दछ ।’

विश्वविद्यालयलाई राम्रो बनाउन खोज्दा आफुमाथि श्रृखलाबद्ध आक्रमण भएको उहाँले बताउनुभयो। ‘म उपकुलपति भएर आएको १ वर्ष चार महिना भयो । ममाथि निरन्तर आक्रमण भइरहेको छ ।’ उहाँले भन्नुभयो,‘ श्रृंखलाबद्ध आक्रमण भइरहेको छ । यो विश्वविद्यालय सुधार गर्दा भएको छ ।’

परीक्षा व्यवस्थापन कार्यालय र उपकुलपतिको कार्यालयबाट साइबर अपराधअन्तर्गत मुद्दा दर्ता गर्नेसमेत उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्