OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०७८काठमाडौं
१७०१ पटक

२३ साउन २०७८, शनिबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहको मृत्यु भनेर विज्ञप्ति ल्याउने विरुद्ध साईबर अपराधको मुद्दा लगाईने भएको छ । विश्वविद्यालयले साईबर अपराध र कीर्ते दुवै मुद्दा लगाउने तयारी गरेको छ ।

उपकुलपति प्राडा.सिंहविरुद्ध आज सुर्खेतमा एक समुहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिृकत दिनेश गौतमको हस्ताक्षर (सिग्नेचर) किर्तेगरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर निकालिएको विज्ञप्तिमाथि यतिबेला सामाजिक सञ्जालमा फेसबुक, ट्वीटर, ईस्टाग्राम निन्दा, घृणा र भत्र्सनाको टिप्पणी भईरहेको छ ।

विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ, “उपर्युक्त सम्बन्धमा मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत उपकुलपति प्राडा.नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौं । उपकुलपतिको दाहासंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने भएको छ । उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन पनि गर्न सक्नुहुनेछ, मेरो दाहासंस्कार जुमबाट गर भनेर । ”

यस कार्यले सिंगो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा.सिंहले बताउनुभयो । “यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साईबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौंलाई जानकारी गराईसकेका छौं,” उहाँले भन्नुभयो, “विश्वविद्यालय र मेरो पछि कुन समुह कसरी लागेको रहेछ भन्ने पर्दाफाँस अब बिस्तारै हुँदै जान्छ । म गलत छैन र यसमा आतिएको पनि छैन ।”

यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यसबारे जानकारी लिईसकिएको बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका शिक्षा संकायका पूर्व सहायक डीन विष्णुकुमार खड्काले उपकुलपति प्राडा. सिंहप्रतिको यो सम्मको घृणित र आपारिधिक कार्यको घोर निन्दा गर्दै यस्तोसम्म गर्न सक्ने समुहको पहिचान गरी विश्वविद्यालय विरोधी गतिविधि गर्ने छुट कसैलाई नदिन सरोकारवालाहरुमा हार्दिक अपिल गर्नुभएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न विद्यार्थी संगठनहरुले १८बुँदै माग राख्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । त्यसमा प्रध्यापकहरुले पनि आन्दोलनको समर्थन जनाएका छन् आन्दोलनरत विद्यार्थीसँग विश्वविद्यालयले वार्ता गर्दै आएपनि वार्ता सफल भएको छैन ।

वाता गर्ने भन्दै आन्दोलनरत विद्यार्थीहरुले एक साता अघि उपकुलपति प्राडा.सिंहको निवास र गाडीमा पनि तोडफोड गरेका थिए । त्यसैगरी, उपकुलपतिले विश्वविद्यालयका कुलपतिविरुद्ध बोलिएको फर्जी भिडियो बाहिर ल्याएर विवादित बनाउन खोजिएको थियो ।

प्रतिकृया दिनुहोस्