OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०७८काठमाडौं
५२६ पटक

२३ साउन २०७८, शनिबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनका सन्दर्भमा आफूलाई निरन्तर सल्लाह सुझाव दिन र खबरदारी गर्न पार्टीका युवा नेताहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ८ जना केन्द्रीय सदस्यहरुसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले विगतका कमजोरी दोहोरिन नदिन आफू सचेत रहेको र जनताको पक्षमा काम गर्न आतुर रहेको बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारसंग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । ती नेताहरुले कांग्रेसभित्र साझा अभियान सञ्चालन गरिरहेका छन् । संयुक्त रुपमा बधाई दिन बालुवाटार पुगेका उनीहरुलाई प्रधानमन्त्रीले सरकारको कामबारे सल्लाह सुझाव दिन आग्रह गरे ।

‘तिमीहरु सबै बुझ्ने छौ । पार्टी र देशको भविष्य तिमीहरु नै हो । म देश र जनताको पक्षका काम गरेर देखाउँछु । त्यसमा मलाई सहयोग गर्नुपर्छ । बेलाबेलामा सल्लाह सुझाव दिनु र आवश्यक परे खबरदारी पनि गर्नु’, प्रधानमन्त्री देउवाले भने । छलफलमा सहभागि सबैजसो युवा नेताहरुले अघिल्लो सरकारको कामकारवाहीबाट जनतामा परेको नकरात्मक प्रभाव चिर्न सक्नुपर्नेमा जोड दिए । ‘केपी ओली सरकारले जे(जे गर्दा हामीले विरोध गर्यौ, जनताले विरोध गरे त्यो काम तपाईको सरकारबाट पनि हुनुभएन’, युवा नेताहरुको सुझाव थियो ।

युवा नेताहरुले प्रधानमन्त्री देउवालाई दार्चुला घटनाबारे संसद र सडकमा आवाज उठिरहेको भन्दै तत्काल छानबिन गर्न र भारतसँग संवाद गर्नपनि सुझाएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले गठन गरेको छानबिन समिति घटनास्थलमै पुगेको र फर्कनासाथ आवश्यक कदम चाल्ने बताए । ‘समितिले यथार्थ ल्याउने बित्तिकै जे गर्नुपर्छ म गर्छु, भारतसंग कुरा गर्नुपरे पनि कुरा गर्छु’, देउवालाई उधृत गर्दै भेटमा सहभागि एक नेताले भने ।

युवा नेताहरुले कक्षा १२ सहित विभिन्न तहको भौतिक रुपमै परीक्षा लिने विषयमा अभिभावक र नागरिक समाजबाट चिन्ता व्यक्त भएकोले बेलैमा उपयुक्त निर्णय लिन सुझाएका थिए ।

भेटमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ । पार्टीको आन्तरिक विषयबारे खुलेर कुरा गरेका देउवाले आफूलाई असफल बनाउन खोजिएको आरोप लगाए । महाधिवेशन गराउन आफूले हरसम्भव मेहेनत गर्ने भन्दै देउवाले केही विषयमा अनावश्यक विवाद झिकिएको बताए । भदौ १६ मा महाधिवेशन उद्घाटन हुन सम्भव नभएपनि सहमतिमै नयाँ कार्यतालिका ल्याउने र महाधिवेशन गराइछाड्ने देउवाको भनाई थियो । भिल्कोबाट

प्रतिकृया दिनुहोस्