

२१ साउन २०७८, बिहीबार
कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु गम्भीर प्रकारको फौजदारी अपराध हो । एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बिहीबार पत्रकारसमक्ष बयान दिएकी छिन् । यो सामान्य बयान होइन, मुलुकको फौजदारी कानुन आकर्षित हुने गम्भीर घटना हो ।
देशमा गणतन्त्र आएको छ । संविधान र कानुनभन्दा कोही पनि माथि छैन । अपराध गर्नेहरू कसैले पनि सत्ताको आडमा उन्मुक्ति पाउनु हुँदैन । यदि विमलाले गलत आरोप लगाएकी हुन् भने उनीमाथि कारबाही हुनुपर्छ । आरोप सही हो भने मुख्यमन्त्री शंकर पोखरेललाई जेल हाल्नुपर्छ । तर, त्यसअघि यो घटनाबारे फौजदारी संहिताको प्रक्रियाअनुसार अनुसन्धान जरुरी छ ।
हामीसँग विगतको नजिर पनि छ, राजनीतिक शक्तिकेन्द्रमा रहेका बहालवाला सभामुख कृष्णबहादुर महरामाथि गम्भीर फौजदारी आरोप लागेपछि उनले तत्कालै राजीनामा दिए । महरालाई प्रहरीले गिरफ्तार गरेर कानुन सबैका लागि समान हुन्छ भन्ने सन्देश दियो । उनी पुर्पक्षका क्रममा थुनामा बसे ।
एक जना माननीयले आफूलाई मुख्यमन्त्रीको निवासमा पाँच दिनसम्म बन्धक बनाइएको, कागजपत्रमा जबरजस्ती हस्ताक्षर गराइएको र अन्ततः ट्वाइलेटको चप्पल लगाई भागेर खुल्ला संसारमा आएको बयान दिएकी छिन् । तर, यस्तो गम्भीर अभियोग लागेका मुख्यमन्त्री शंकर पोखरेललाई प्रहरीले पक्रनुको साटो उल्टै सुरक्षा दिइरहनु कानुनी राजको खिल्ली उडाइनु हो ।
फौजदारी घटना भएको थाहा पाएपछि प्रहरी आफैँले सक्रिय भएर अनुसन्धान गर्नुपर्छ, कसैको मुख ताक्नुहुँदैन । तर, सांसदलाई बन्धक बनाइएको पीडितबाटै बयान आउँदासमेत गृह प्रशासन लाचार एवं मूकदर्शक बनेर बसेको छ ।
पाँच दिनसम्म विमला ओलीलाई निवासमा बन्धक बनाएर राखेको र जबरजस्ती हस्ताक्षर गराइएको आरोप लागेका मुख्यमन्त्री पोखरेल भोलि अनुसन्धानको सिलसिलामा कृष्णबहादुर महराजस्तै निर्दोष साबित हुन सक्लान् । तर, एक जना एकल महिलासमेत रहेकी निहत्था माननीयले यति गम्भीर आरोप बित्थामै लगाइन् होला भनेर गृह प्रशासनले ढुक्क भएर बस्न मिल्दैन । देशमा यदि कानुनको शासन छ भने एक अबला नारीले बाहुबली शासकबाट भएको ज्यादतीमा न्याय पाउनैपर्छ । कमसेकम यो घटनामा दोषी भनिएका व्यक्ति जतिसुकै शक्तिशाली भए पनि तिनलाई तत्काल हिरासतमा लिएर छानबिन हुनैपर्छ ।
के भनिन् विमलाले ?
एमाले सांसद उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि गत उपनिर्वाचनमा दाङबाट नेकपाको ब्यानरमा प्रदेश सभामा विजयी विमलाले पार्टी फुटेपछि माओवादी पार्टी रोजेकी थिइन् । त्यसयता उनलाई एमाले नेताहरूले बारम्बार एमालेमा लाग्न दबाब दिँदै आएका थिए । तर, विमलाले पत्रकार सम्मेलन नै गरेर आफू माओवादीमा रहेको स्पष्ट पारिसकेकी थिइन् ।
तर, केही दिनअघि अकस्मात् विमला एमालेमै रहेको वक्तव्य आयो, जुन वक्तव्य मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर हस्ताक्षर गर्न लगाइएको बिहीबार उनले खुलासा गरेकी छिन् ।
बिहीबार पत्रकारसमक्ष प्रस्तुत भएकी विमलाले भनिन्–
‘म अहिले ९बुटवल० जाँदैन भन्दाखेरि पनि हैन, तपाई जानैपर्छ भनेर उहाँहरू ९भूमिश्वर ढकाल०ले घरबाट गाडीमा लिएर आउनुभयो ।।।।। ‘म मुख्यमन्त्रीको निवासमा पाँच दिन बसेँ । माइन्युटमा सिग्नेचर गर्दिनँ भन्दा पनि पहिलाको दलको बैठकको र जिल्लाको।।। तीनवटा माइन्न्युटमा सिग्नेचर गराउनुभयो । विज्ञप्ति पनि निकाल्ने भन्नुभो । म उतै ९माओवादीमै० जान्छु भन्दा पनि हैन, तपाई यतै एमालेमा आउनोस्, तपाईंका श्रीमान् यस्तो गरे, उस्तो गरे भनेर विगतका कुराहरू लिएर यस्तो गरे ।’
पत्रकार सम्मेलनमा विमलाका तर्फबाट जारी दुई पन्ने विज्ञप्तिको दोस्रो पृष्ठमा घटनाबारे यसरी वर्णन गरिएको छ–
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल के भन्छन् ?
दाङस्थित विमलाको घरबाट उनलाई बुटवलस्थित मुख्यमन्त्रीको निवाससम्म गाडीमा लिएर आउने नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर यसो भने–‘स्पष्टीकरणको पत्र लिएर म त्यो दिन विमला ओलीलाई पत्र बुझाउन गएको थिएँ । जब मैले त्यो चिठी लिएर गएँ, म कहीँ बाहिर भेटेको हैन, उहाँको घरमा बिहान ८ बजे जब म पुगेँ, केपी ओलीले उहाँलाई सोधेको स्पष्टीकरणको पत्र मैले उहाँलाई देखाएँ ।
उहाँले पढ्नुभयो । पढिसकेपछि उहाँले के भन्नुभयो भने मैले यो विषयमा एकचोटि मुख्यमन्त्रीसँग बसेर कुरा गर्न चाहन्छु भनिसकेपछि त्यसो भए जाऔँ हिँड्नोस्, मेरो गाडी खाली छ, मेरै गाडीमा जाऔँ । बसेर उहाँसँग कुरा गरौँ भनेर उहाँ राजी हुनुभयो ।
त्यतिबेला म उहाँमात्रै बीचमा भएको कुराकानी होइनन् । उहाँको घरमा उहाँको आमा हुनुहुन्थ्यो । उहाँको दिदी हुनुहुन्थ्यो । उहाँको भिनाजुको भाइ हुनुहुन्थ्यो । हामी सबै बसेर हामीले सँगै कुराकानी गर्यौँ । अझ तपाईंहरुलाई भन्ने हो भने आमा अब एमालेमा फर्कन्छु भनेपछि बहुत खुसी हुनुभयो । राम्रो भो, पुरानो घरमा फर्कने भनेर खुसी हुनुभयो । अनि उहाँले खाना खानुभयो । कपडा चेञ्ज गरेर आयौँ । त्यतिबेला हामीले खाना खाएको थिएन ।
यता घोराहीको बाटो बिग्रेको पनि छ, हामी इमिलिया निस्केर जाऔँ भनेर हामीले इमिलियामा खाना खायौँ । उहाँले पनि थोरै खाना खानुभयो । खाइसकेपछि अनि हामी बुटवलतिर लाग्यौँ ।
अहिले उहाँले म नेपालगञ्ज जान्छु भन्दा हामी पनि नेपालगञ्ज जाने हो भनेर गाडीमा चढाइयो र जबरजस्ती लिएर आइयो भन्ने कुरा छ, त्यो झुटो हो । वाहियात कुरा हो । तपाईंहरुलाई म राख्न चाहन्छु, एउटा माननीय, जोसँग मोबाइल छ । जोसँग सञ्चारको साधन छ, उहाँ गाडी बुटवलतिर जाँदाखेरि उहाँले कसैलाई पनि मलाई अपहरण गरियो, यस्तो गरियो भनेर कसैलाई फोन गर्नुभयो .
यसैबीच, मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार राति फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘दुई जना माननीयलाई ‘फकाएर’ राजीनामा गराउन सक्ने, ६ जनालाई ‘अनुशासन’को डन्डा चलाएर निष्कासन गर्न सक्ने र एक जना माननीयलाई ‘दल’ परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो < इतिहासले उत्तर अवश्य खोज्नेछ ।’ रातोपाटीबाट