कोरपाटी संवाददातासाउन २१, २०७८काठमाडौं

५७६ पटक

२१ साउन २०७८, बिहीबार
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अध्यक्ष विष्टले राजीनामा बुझाउनुभएको हो ।
टेलिभिजनका वरिष्ठ अधिकारीहरुलाई बिहीबार बोलाएर उहाँले आफ्नो पदबाट राजीनामा दिन लागेको उहाँले बताउनुभएको थियो ।
केपी ओली प्रधानमन्त्री हुँदाका बखत विष्टले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्त हुनुभएको थियो। सरकारको नेतृत्व बदलिएसँगै विभिन्न संस्थानमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरुले अहिले धमाधम राजीनामा दिन थालेका छन् । यस अघि गोरखापत्र दैनिक अध्यक्षले पनि सरकारसमक्ष राजीनामा दिएर स्वीकृत भईसकेको छ ।