OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २०, २०७८सुर्खेत
३७९ पटक

२० साउन २०७८, बुधबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत संयुक्त विद्यार्थी संगठनले आजदेखि रिले अनशन शुरु गरेका छन् । संयुक्त विद्यार्थी संगठनले राख्दै आएका १८ बुँदे मागको पुरा गर्न विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् । विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयस्तरबाट कुनै चासो नदेखिएको भन्दै चरणबद्ध आन्दोलन आन्दोलन गरिएको जनाएका छन् ।

विद्यार्थीहरुद्धारा सञ्चालित आन्दोलनमा प्राध्यापकहरुको पनि समर्थन र सहभागिता रहेको छ । विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् । आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठनमा अवरोध सिर्जना भइरहेको छ ।

विद्यार्थीले अनलाइन परीक्षाको माग गरेका छन् तर विश्वविद्यालय भने कुनै हालतमा अनलाइनको माध्यामबाट परीक्षा सञ्चालन नगर्ने अडान गर्दै आएका छ । विद्यार्थी नेतृ तिर्सना हमालले विश्वविद्यालयले विद्यार्थीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि अनलाइन परीक्षा गर्न नसकिने हो भने हाम्रा अन्य १७ वटा माग पुरा गर्छौँ भनेर विज्ञप्ति नै निकाल्नुपर्यो । अनि मात्र आन्दोलन रोकिन्छ ।’ विश्वविद्यालय प्रशासनले भने विद्यार्थी संगठनहरुसँग वार्ता भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्