OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १४, २०७८काठमाडौं
१०५६ पटक

१४ साउन २०७५, बिहीबार

बुधबार बेलुका उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारबाही गर्न
मध्यपश्चिम विश्वविद्यालयले माग गरेको छ ।

विश्वविद्यालयमा आन्दोलनरत् विद्यार्थी संगठनलेका प्रतिनिधिहरुसँग वार्ता भइरहेका समयमा एक्कासी उपकुलपति प्रा।.डा.नन्दबहादुर सिंहको निवास रहेको विस्तारित कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड घटनामा संलग्नहरुलाई कानूनी कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिन तयारी गरिएको उपकुलपतिको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संगठनबीच वार्ता भइरहेका बेला उपकुलपति निवास र परीक्षा व्यवस्थापन कार्यालयमा भएको ढुंगामुढा प्रहारबाट ती दुई कार्यालयका झ्यालढोका सिसा र गाडीमा क्षति पुगेको छ ।

उपकुलपतिको कार्यालयले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई अपमान हुने गरी उपकुलपति सिंहलाई जोडेर बनाइएको नक्कली अडियोप्रति घोर भर्त्र्सना गर्दे घटनामा संलग्नलाई कडा कारबाही गर्न समेत माग गरेको छ ।

उपकुलपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयलाई ध्वस्त पार्न केही व्यक्तिहरु राष्ट्रिय राजनीतिक नेतृत्व परिवर्तनको मौका छोपी आफ्नो पक्षमा पार्न यस्ता आपराधिक क्रियाकलापको सहयोग लिएको पाइएको छ, त्यसमा संलग्न आपराधिक व्यक्तिलाई कुनै हालतमा उन्मुक्ति नदिन हामी माग गर्दछौं ।’

विश्वविद्यालयले आज गरेको पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. सिंहले विश्वविद्यालयमा भइरहेको बेथितिविरुद्ध कडा कदम चालेपछि आफूविरुद्ध घेराबन्दी भएको बताउनुभयो । ‘राजनीतिक नेतृत्वलाई गलत तरिकाले आफ्नो पक्षमा पार्न सक्रिय तत्वले अहिले समस्या सिर्जना गरिरहेको छ,’ उहाँले भन्नुभयो,, ‘विद्यार्थी उचाल्ने, नक्कली अडियो तयार गरी विश्वविद्यालयमा सुधार ल्याउन खोज्ने पदाधिकारीलाई हतोत्साही बनाउने प्रयास भइरहे पनि त्यस्ता कुण्ठित मानसिकताबाट भयभित हुने कुरै हुँदैन ।’

 

प्रतिकृया दिनुहोस्