OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०७८
५७१ पटक

११ साउन २०७८ सोमबार

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारेपछि सो पार्टीमा हलचल उत्पन्न भएको छ । सोही पार्टीका अर्का संयोजक मिलन पाण्डेले मिश्रको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ (प्रगतिशील) पार्टी भएको स्पष्ट पार्नुभएको छ ।

‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो’, पाण्डेले ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ, ‘बिगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी दृढ छ।’

उहाँले रवीन्द्र मिश्रले व्यक्त गरेको विचारलाई व्यक्तिगत भएको पनि बताउनुभएको छ। आज एक दस्ताबेज सार्वजनिक गर्दै मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गर्दै स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्