OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ११, २०७८काठमाडौं
६६० पटक

११ साउन २०७८ सोमबार

निर्वाचन आयोग नेपालले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएको छ ।

आयोगमा आज जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर सनाखतपछि आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिएको हो ।

सनाखतका क्रममा उपेन्द्रको पक्षमा ३४ र महन्थको पक्षमा १६ जनाले आयोग पुगेर हस्ताक्षर गरेका थिए । जेल जीवन बिताईरहेका जसपाका सदस्य रेशम चौधरीले ठाकुर र यादव कसैको पक्षमा हस्ताक्षर नगरी फर्केका थिए ।

आयोगले नयाँ पार्टी दर्ता गर्न रीत पुर्‍याएर निवेदनसहित आउन महन्थ ठाकुर पक्षलाई आदेश भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले उक्त निर्णय गरेको हो।

बहुमतभन्दा पनि बढी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि आयोगले त्यस्तो निर्णय दिएको हो।

आयोगले कार्यकारिणी सदस्यको नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र लिएर आउन यसअघि नै आदेश दिएको थियो।

उपेन्द्र यादवले दलको लेटरप्याड, चुनाव चिह्न, हस्ताक्षर आदिको दुरुपयोग हुँदा पार्टी सञ्चालन गर्न समस्या भएको भन्दै दलको आधिकारिकता प्राप्तिको निवेदन आयोगमा दिएका थिए । अब दलको नाम, चिह्न, लेटरप्याड सबै उपेन्द्र यादव पक्षको भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्