OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०७८काठमाडौं
६४४ पटक

९ साउन २०७८, शनिबार

नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गर्नुभएको छ।

भट्टराईले अनेरास्ववियू र युवा स‌ंघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको औंल्याउँदै तत्काल खारेजीको माग गर्नुभएको हो । समाजमा आतंकको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने उहाँको माग छ ।

भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?

सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भोलिपल्ट असार २९ गते एमाले नेता महेश बस्नेत समूहले युथ फोर्स गठन गरेको थियो । एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताएका थिए । क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि असार ३१ गते वरिष्ठ नेता माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ ।

यस्तो छ भट्टराईको भनाइ

ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनर क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर वैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ रु समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ?

पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० वर्षे हिंसाको प्रतिवाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका विरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो रु यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ । शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता विशेषतासहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थस् यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।

प्रतिकृया दिनुहोस्