OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३१, २०७८
१४४८ पटक

 ३१ असार २०७८, बिहीबार

कर्णाली प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले आज दुई अध्यादेश स्वीकृत गरेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न कर्णाली प्रदेशका प्रमुख प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष सिफारिसका लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम आजै “कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८“ र “कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८“ जारी गर्नुभएको छ ।

प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव.२०७८÷०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक महिनासम्म पारित गर्न नदिएपछि आज अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुख कलौनीसमक्ष सिफारिस गरिए अनुसार अध्यादेश जारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्