OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २६, २०७८जुम्ला,
७७२ पटक

२०७८ असार २६ गते । एक पटकको विश्व कपमा अर्जेन्टिनाका प्रशिक्षक म्याराडोनाले यस पटक अर्जेन्टिनाले जिते म यो शहरमा नांगै दौडिदिन्छु भनेको स्मरण अहिले पनि छ ।
ब्राजिलका विश्व विख्यात फुटवल खेलाडि पेलेले केरा आकारको गोल हान्थे भन्ने उक्ति अहिले पनि जीवित छ । यति सम्मकि खेलका लागि विभिन्न प्रकारका घटनाहरु समेत हुने गर्दछन् ।

विश्व कोरोनाको महामारीका वेला अहिले धेरै फुटवल प्रेमीहरु, पारखीहरु कोपा अमेरिका ४७ औ संस्करण र यूरो कपमा रमाईरहेका छन् । समय यसरी जुरीदियोकि फुटवलको देश भनेर चिनिने ब्राजिल र मेसीको देश अर्जेन्टिनाले कोपाको फाईनल भिडन्त गर्दैछन् ।

सुचनाको यूगले छलाङ हान्दै गरेको समयमा सामाजिक संजाल र समाचारहरु अहिले चलिरहेको फुटवल प्रतियोगिताले तातिरहेका छन् । दुर्गम क्षेत्रमा पनि फुटवल प्रेमीहरु बढिरहेका छन् । समय तालिका अनुसार भोली विहान ५ः४५ बजे कोपा कपमा ब्राजिल र अर्जेन्टिनाको खेल हेर्न कैयौले सामाजिक संजालमा उत्सुकता देखाउनुका साथै वाजी थाप्ने पनि होडवाजी भईरहेको छ । अनुमान अनुसार आजै दुई तीन दिन अघिबाट लाखौ बाजी थाप्नेको प्रतिष्पर्धा भईरहेको छ ।

ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुने केहीले अनुमान गरेका छन् ।
आईतवार ब्राजिलको रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ । ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए ।

उता ब्राजिलका डिफेण्डर माक्र्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताउदै आएका छन् ।
यो प्रतियोगिता अर्जेन्टिनाको लागि मेस्सीको १०औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।
विश्वकपमा मेस्सीले कुल १९ खेल खेल्दा १२ खेल जितेका छन भने ४ खेल हारेका छन् । उनले ४ विश्वकपमा ६ गोल गरेका छन् । यस्तै कोपामा उनले ३३ खेल खेल्दा २० खेल जितेका छन भने ३ खेल मात्र हारेका छन् । जसमा उनले १३ गोल गरेका थिए ।
फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ ।
अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक उसको अगाडि साविक विजेता ब्राजिल छ ।
यता कुनै समय बार्सिलोनमा टिममेट रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य पउपाधिको खोजीमा छन् । समाचारहरुका अनुसार सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्दैछन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध फाइनल खेल्न लागेको र यी दुई टिम दक्षिण अमेरिकाकै दुई शक्तिशाली टिम रहेको प्रतिक्रिया दिएका छन् ।
दक्षिण अमेरिकाका १० राष्ट्र सहभागी कोपाको यस संस्करण शुरुमा कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोरोना महामारीले गर्दा एक वर्ष ढिलाइ भएको प्रतियोगिता अन्तिम सममया ब्राजिलमा आयोजना गरियो ।

१० टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल पुगेका थिए । ब्राजिलले क्वाटरफाइनलमा चिली र सेमिफाइनलमा पेरुलाई समान १(० ले हरायो । उता क्वाटरफाइनलमा इक्वेडरलाई ३(० ले सहजै हराएको अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गर्यो । उता ब्राजिल फुटवलकै खेति गरिरहेको मुलुक हो जहाँ नेयमार पनि भिडदैछन् । रोनाल्डोहरुका अवशेषहरु अझै चर्चामा छन् । हेरौ नेपाली समय अनुसार ५ः४५ को समय पछिको विश्व फुटवल महाभिडन्त कसले बाजी मार्छ ?

 

प्रतिकृया दिनुहोस्