OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०७८सुर्खेत
१३३० पटक

१८ असार २०७८, शुक्रबार

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले युवा समाज परिवर्तनको वाहक भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘सामाजिक जागरण, रुपान्तरण समृद्धिका लागि युवा परिचालन’ सम्बन्धी कार्यक्रममा बोल्दै मुलुकको समृद्धि र विकासका लागि सक्षम युवाको आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बुढाक्षेत्रीले भन्नुभयो, “जबसम्म युवाहरु सम्पन्न हुँदैनन्, तबसम्म ‘समृद्ध कर्णाली र सुखारी कर्णाली बासी’ को नाराको आकांक्षा पुरा हुन सक्दैन । किनकी युवा समाज परिवर्तनका संवाहक हुन् ।” प्रदेश सरकारले ल्याएका विभिन्न नीति तथा कार्यक्रमहरुमा युवाहरुलाई पनि समेट्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँका अनुसार कर्णालीमा रहेका युवाहरुलाई सामाजिक, आर्थिक र खेलकुदमा सक्षम बनाउने खालका कार्यक्रमहरु सामाजिक विकास मन्त्रालयले ल्याउने छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले कर्णालीको विकासमा थप टेवा पुर्याउने युवाहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड थियो । उक्त कार्यक्रममा विभिन्न जिल्लाहरुबाट युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्