OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७८जुम्ला ।
११२२ पटक

खलंगा असार १६ गते । कर्णालीका जलस्रोत तथा उर्जामन्त्री दिनवन्धु श्रेष्ठले कर्णाली सरकारले कर्णालीका आगामी बर्षमा १० गाउँलाई उज्यालो गर्ने बताउनु भएको छ ।

गृह जिल्ला जुम्लामा आउनु भएका मन्त्री श्रेष्ठले नेपाल प्रेस यूनियन शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा कर्णाली सरकारले यस पटकको बजेटमा १० बटा बस्ति उज्यालो गर्ने जानकारी गर्नुभएको हो । उहाँले तिला र हिमा संगम नाग्म पेरिफेरिमा १५ देखी २० मेघावटको बत्ति सम्भाब्यता अध्ययन गर्ने समेत जानकारी दिनुभयो । सम्वन्धित मन्त्रालयले गर्ने काम जनताबाट सूझाव लिन आएको समेत जानकारी गर्नुभयो ।

कार्यक्रममा पत्रकारहरुले जुम्लामा दिर्घकालिन बत्ति, पत्रकार महासंघ र मिडिया हाउसहरुलाई सोलार व्याकप कार्यक्रम सहितका प्याकेज कार्यक्रम ल्याउन सूझाव दिएका छन् ।

पत्रकार महासंघका अध्यक्ष नेत्र शाहीले विधुत अभावले दैनिक पत्रिका प्रकाशनमा कठित, रेडियो र अनलाईन संचालनमा कठिन भएकाले प्रदेश सरकारले यसमा जोड दिन सूझाव दिनुभयो । प्रेस यूनियन जुम्लाका अध्यक्ष ईश्वरी प्रसाद देवकोटाले पत्रकार महासंघमा ठूलो क्षमताको व्यापक सोलारका लागि अनुरोध गर्नुभयो । मन्त्री श्रेष्ठले नयाँ मन्त्रालय र नयाँ मन्त्री भएकाले सूझाव संकलन गरिदै गरिएको बताउनुभयो । उहाँले अव कर्णाली सरकारको बजेट जनताको आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्