OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७८सुर्खेत
८२७ पटक

४ असार २०७८, शुक्रबार

सुर्खेत दैलेख, कालीकोट र जुम्ला खण्डको कर्णाली राजमार्गका विभिन्न सडक खण्डमा पहिरो गएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दैलेखको किट्टु, कालीकोटको गगनेखोला, पिली, सेराबाडा, खल्लगाड, भिग्न र नाग्मलगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा नागरिकहरुलाई यात्रा गर्न सास्ती भएको छ ।

सडक अवरोध हुँदा उपभोग्य वस्तु तथा पूर्वाधार निर्माणका लागि ढुवानी गरिएका सामग्रीहरु बीचैमा थन्किएका छन् । जुम्ला तथा कालीकोटबाट अवरुद्ध सडक खुलाउन प्रयास भईरहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्