OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

काँग्रेस सांसदले ‘नाथुराम गोड्से बन्न तयार छु’ भनेपछि हंगामा

आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको महेश बस्नेतको चेतावनी

कोरपाटी संवाददाताजेठ २९, २०७८काठमाडौं
४३१ पटक

२९ जेठ २०७८, शनिबार

नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई लिएर नेकपा एमाले र काँग्रेस तरङ्गित बनेको छ ।

शुक्रबार बागमती प्रदेश सभाको बैठकमा बैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

उनको सो अभिव्उक्तिलाई लिएर एमालेका नेताले मात्रै नभइ कांग्रेसले आपत्ति जनाउँदै सांसद वैद्यलाई आत्मआलोचना गर्न भनेको छ भने एमालेका नेताले तुरुन्त पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् ।

उनको सो अभिव्यक्तिपछि शुक्रबार राती कडा प्रतिक्रिया जनाउँदै एमाले नेता महेश बस्नेतले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

उनले गान्धीका हत्यारा नाथुराम गोड्से बन्न तयार छु भनेर वैद्यले प्रदेशसभामा खुल्लम खुल्ला बोलिरहेको भन्दै तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् ।

उनले भनेका छन्–‘अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता व्यक्तिलाई सडकमै प्रतिरोध गर्न सक्छन् । त्यस्तो अप्रिय घटना घट्नुभन्दा अगाडी सरकार सचेत हुनुपर्दछ । केपी ओलीलाई मार्ने योजना बनाइरहँदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौँ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’

उनले मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार रहेको चेतावनी दिएका छन् ।

कांग्रेसले भन्यो–‘आत्मआलोचना गर्नुपर्छ’

यसैबीच वैद्यको सो अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार राति आफ्नो भनाइ सार्वजनिक गर्दै उनलाई आत्मआलोचना गर्न निर्देशन दिएका छन् ।

उनले भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिइ आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन ।’

उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन् समेत भनेका छन् । रातोपाटीबाट

 

प्रतिकृया दिनुहोस्