OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २८, २०७८ सुर्खेत
४२१ पटक

२८ जेठ २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतका चारजना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार सुर्खेत भेरीगंगा नगरपालिका ५ को बबई–नेपालगञ्ज सुर्खेत सडक खण्डमा दुई ग्राम १४० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित शंकास्पद चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका ३० वर्षीय भरत थापा र ३०सै वर्षका मनोज वि.क, १८ वर्षीय एन.आर.राना र सिम्ता गाउँपालिका १ सुर्खेत निवासी १८ वर्षीय कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

सुर्खेत भेरीगंगा नगरपालिका ५ बबईस्थित नेपालगञ्ज सुर्खेत सडक खण्डमा नेपालगञ्जबाट सुर्खेततर्फ लागुऔषध ब्राउनसुगर ओसारपसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिप्रका.सुर्खेत र ईप्रका छिन्चुबबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको उहाँले बताउनुभयो ।

उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत बि.क.ले लगाएको रेनकोटको बाँया गोजीमा दुई पोका र एन.आर.रानाले लगाएको कालो मास्क र पहेलो रंगको झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा एक पोका र एक पुरिया गरी जम्मा तीन पोका एक पुरिया लागुऔषध ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलिग्राम परिमाण भेटिएको उहाँको भनाई छ ।

पक्राउ परेका चारजनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै, जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा विसं.२०७७ फागुन ३ गते सुर्खेत उच्च अदालतबाट नौ वर्ष ३ महिना कैद सजाय र दुई हजार ५०० जरिवाना फैसला सुनाईएपश्चात फरार अपराधी वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेतका कवि कालुङलाई प्रहरीले पक्राउ गरेलगत्तै कोरोना सम्बन्धी आरटी पीसीआर परीक्षण गरी जिल्ला अदालत सुर्खेतमा बिहीबार प्रहरीले बुझाएको छ ।

प्रतिकृया दिनुहोस्