OnlinePana

आज : २०८३ साउन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७८काठमाडौं
१३२६ पटक

२७ जेठ २०७८, बिहीबार

एजेन्सी। दक्षिण अफ्रिकी महिलाले एकैपटक १० शिशुलाई जन्म दिएकी छिन् । गोसियामी थामारा सिथोलेले सोमाबर साँझ ६ बालक र ३ बालिकालाई एकैपटक जन्म दिएकी हुन् । यो अहिलेसम्मकै विश्व कीर्तिमान हो ।

यसअघि सिथोलेले जुमल्याहा बच्चालाई जन्म दिएकी थिइन् । उनी ३७ वर्षकी भइन् । २९ हप्ताको गर्भबाट सोमबार साँझ सिथोलेको शल्यक्रियाबाट बच्चा निकालिएको हो । उनले गर्भमा बच्चा रहँदा निकै सास्ती पाएको जनाएकी छिन् । कतिपय राति निदाउन नसकेको बताएकी छिन् । यसअघि उनको गर्भमा ८ वटा शिशु रहेको भनिएको थियो ।

गिनिज वल्ड रेकर्डले यसबारे अध्ययन गरिरहेको जनाएको छ । यसअघि एकैपटक ८ शिशुलाई अमेरिकामा एकजना महिलाले जन्म दिएकी थिइन् । गत महिना मालीकी २५ वर्षीया हलिमा सिसेले ९ शिशुलाई जन्म दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्