OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७८काठमाडौं
९४० पटक

१७ जेठ २०७८, सोमबार

१, धर्मका दश लक्षण हुन्छन्, जसमा धैर्य, क्षमा, आत्म संयम, चोरी नगर्नु, शौच (स्वच्छता), इन्द्रियलाई वशमा राख्नु, बुद्धि, विद्या, सत्य र अक्रोध (नरिसाउनु) पर्छन् । –मनुस्मृति

२, धर्मको सार भनेकै अरुको जे जस्तो बोली, वचन र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो बोली, वचन र व्यवहार अरुमाथि पनि नगर्नु हो । –महाभारत

३, धर्मले हमेशा कुमार्गमा लागेकालाई सुमार्गमा ल्याउने र कुमार्गमा लाग्न खोज्नेलाई लाग्न नदिने काम गरेको हुन्छ । –श्रीराम शर्मा आचार्य

४, धर्म भनेको त्यस्तो सङ्कल्प हो, जसमा जस्तोसुकै दुर्जनलाई पनि सज्जन बनाउने सामथ्र्य रहेको हुन्छ । –स्वामी विवेकानन्द

५, पाप मार्गमा लागेर बाँच्नुभन्दा धार्मिक मार्गमा लागेर मर्नु वेश हुन्छ । –गीता

६, जसलाई अधिक प्रेम गरिन्छ उसमाथि घृणा गर्ने अधिकार पनि सुरक्षित हुन्छ । –ओशो

७, गरीवीमा जन्मनु गल्ती होइन तर गरीवीमा मर्नु भने ठूलो गल्ती हो । –बिल गेट्स

८, बदनामी मृत्युभन्दा पनि भयङ्कर हुन्छ त्यसैले यसबाट बच्ने प्रयास गर्नुपर्छ । – गीता

९, जीवन लामो हुनुभन्दा महान् हुनु उत्तम हो । – भीम राव अम्बेडकर

१०, जीवन आफ्नै बुतामा जिउनुपर्छ, अर्काको बुई चडेर होइन । यस्तो काम त केबल मुर्दालाई मात्र सुहाउँछ । –भगत सिंह

११, म अवस्थामा जे सुकै होस् सदैव अवसर निर्माणमा ध्यान दिने गर्छु । – ब्रुसली

१२, गोपनीयता कायम राख्नुभन्दा ठूलो गुरु मन्त्र अर्को हुँदैन । –आचार्य चाणक्य

१३, मेरो दुःखमाथि कोही हाँस्न सक्छन्, हाँसुन् तर मेरो हाँसो अरुको दुःखको कारण भने नबनुन् । –चार्ली च्यापलिन

१४, सुनेको कुरा बिर्सिन्छ, देखेको स्थान याद आउँछ तर गरेको कामको भने सदैव सम्झना भइरहन्छ । –कन्फ्युसियस

१५ सके अरुलाई आफूभित्र र नसके आफूलाई अरुभित्र देख्ने बानी बसाउनुपर्छ । –गीता

स्रोतः विभिन्न पत्रपत्रिका, पुस्तक र इन्टरनेट/संकलकः रातोपाटी

प्रतिकृया दिनुहोस्