OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७८कालीकोट
४८३ पटक

जेठ १७ जेठ २०७८, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधिन पक्की चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिनुभएको छ ।

आईतबार बेलुका कर्णाली करिडरअन्तरगत खुलालुमा पुगेर निर्माणाधिन पुलको अनुगमन गर्नुभएका मुख्यमन्त्री शाहीले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । पुल निर्माणको कार्य तीव्र गतिमा गएपनि कोरोना महामारीका कारण यो बीचमा सुस्ताएको तथापि ८० प्रतिशत काम भईसकेको पाईएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीमा काम गर्ने एक जना ईञ्जिनियर कर्णाली नदीमा खसेर र अर्को एक कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु.एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश समृद्धिको जीवनरेखाका रुपमा लिईएको कर्णाली करिडर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भईरहेको छ । कालीकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्यसम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।

त्यसैगरी, आज मुख्यमन्त्री शाहीले जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा सहभागी भएर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को अहिलेको अवस्थाबारे जानकारी लिनु भएको छ । कालीकोटमा कोभिड अस्पतालको निरीक्षण गरी यो संकटको व्यवस्थापनमा तदारुकताका साथ लाग्न समितिसहित कर्मचारीलाई निर्देशनसमेत दिनुभएको स्वकीय सचिव आचार्यले बताउनुभयो ।
मुख्यमन्त्री शाहीसँगै प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही पनि गृह जिल्ला कालिकोट पुग्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्