OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही कार्तिक १६, २०७६जुम्ला,
५१६ पटक

खलङ्गा कार्तिक । थाइल्याडमा हुने तेकवान्दो प्रतियोगिताको लागी जुम्लाका एक प्रशिक्षक सहित ५ जनालाई खेलाडीलाई बिदाई गरिएको छ ।
थाइल्याण्डमा कार्तिक ६ देखी ९ गत ेसम्म सञ्चालन हुने आमन्त्रित तेकवान्दो खेलका लागि चारजना खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले अविर, खादा लगाई बिदाइ गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख बरमबहादुर महतले उनीहरूलाई प्रतिव्यक्ति ३ हजारका दरले काठमाडौं सम्मको लागि गाडी भाडा दिएर बिदाइ गरिएको जानकारी गर्नुभएको छ । थाइल्याड प्रस्थान गर्नेमा गुठीचौर गाउँपालिका ३ का १४ वर्षका मंगल कामी, तिलागाउँपालिका ३ का सर्पेन्द्र भट्टराई चन्दननाथ नगरपालिका ५ की अस्मिता सुनार, गुठीचौर गाउँपालिका ५ का पोषण न्यौपाने र प्रशिक्षक लालबहादुर रोकाया रहेका छन् । खेलाडि अस्मिताले नेपालबाटै अन्य देशमा भाग लिन पाएकोमा खुशी व्यक्त गर्दै सफलता चुम्न सक्ने दावी गरेकी छन् । प्रशिक्षक लालबहादुर रोकायाले शनिवार काठमाडौं जाने र आईतवार थाईल्याड जाने योजना रहेको बताएका छन् । जुम्लाबाट खेलाडि विभिन्न देशमा गएर सफलतामा हाशिल गर्दै आएका र यस पटक पनि सफल हुने आशामा रहेको कार्यालय प्रमुख बरमबहादुर महतले जानकारी दिनुभयो । यसैगरी एथलेटिक्स दौडमा पनि जुम्लाबाट खेलाडिहरुले अन्तराष्ट्रिय स्तरमा बिजय हाशिल गर्दै आएका जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ ।
क्याप्सन ः जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको बिदाई तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्