OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ ७, २०७८जुम्ला,
१५९६ पटक

खलंगा जेठ ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोना नियन्त्रण गर्नका लागि चिकित्सक सहितको टोली कर्णाली र अन्य प्रदेशका सात जिल्लामा परिचालन गरेको छ ।
प्रतिष्ठानले भेटघाट गरि आ आफ्नो जनशक्ति परिचालन र कोरोना नियन्त्रणमा प्रतिष्ठानले गरेको कामको जानकारी गरेको छ । प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराईले पत्रकार सम्मेलनमा प्रतिष्ठानको चिकित्सक सहितको टोली जुम्ला बाहिर मुगु, कालिकोट, हुम्ला, डोल्पा, पश्चिम रुकुम र वाँकेमा परिचालन भएको जानकारी गरिएको छ ।

कुन जिल्लामा को को ?

मुगुमा डाक्टर सिद्धार्थध्वज खाति र मेडिकल अधिकृत रेखा कार्की, कालिकोटमा डाक्टर रविन खापुङ्ग र डाक्टर सुवि बस्न्यात, हुम्लामा डाक्टर मानिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री, डोल्पामा डाक्टर अभिषेक ठाकुर लेक्चर र सिअहेव कमेन्द्र न्यौपाने, पश्चिम रुकुममा डाक्टर अनुप मंगल समाल र लेक्चर सिला थापा सहितको टोली खटाईएको जानकारी गरिएको छ ।
डा. श्रेष्ठले सहप्रध्यापक प्रविण गिरीको नेतृत्वमा डाक्टर हरि न्यौपाने र अरुण श्रेष्ठ सहित ६ जनाको टोली वाँकेको नेपालगंजमा खटाईएको छ ।

जुम्लाका सवै स्थानीय तहमा चिकित्सक :
जुम्लाका आईसुलेशन निर्माण गरिएका सवै तहमा एक एक जना डाक्टर सहितको टोली खटाईएको छ । कनकासुन्दरी गाउँपालिकामा डाक्टर कमल थानी, सिञ्जा गाउँपालिकामा सुजाता ओझा, तातोपानी गाउँपालिका डाक्टर कमल न्यौपाने, पातारासी गाउँपालिका डाक्टर सुनिल बुढाथोकी, हिमा गाउँपालिका लेक्चरर मोनिका लामा, र गुठिचौर गाउापालिका लेक्चरर निर्मला पहाडि खटाईएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानले उपचार स्थानीय तहबाटै गर्ने उद्देश्यले जनशक्ति जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुरोधमा खटाईएको बताएको छ ।

पत्रकार भेटघाटमा प्रतिष्ठानमा हाल १२ वेडको आईसियू, २४ वेडको एचडियू र ८४ शैया अन्य वेड गरी १२० वेड कोरोनाका विरामीका लागि व्यवस्थापन गरिएको छ । यसैगरी हाल छातिरोग विशेषज्ञ, स्नायू रोग विशेषज्ञ, नाक कान, घाटी सेवा, छालारोग विशेषज्ञ सेवा बढाईएको जानकारी गरिएको छ ।

प्रतिष्ठानका निर्देशक डाक्टर राजिव शाहले हाल ३५ वेडमा सिधै पाईपलाईन मार्फत अक्सिजन गईरहेको छ । एकसय १० सिलण्डिर अक्सिजन परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पिसिआर परीक्षण बढाईएको छ । उहाँका अनुसार जिल्ला वाहिरबाट विरामी आउने बढिरहेकाले प्रतिष्ठान भित्रको सेवामा कुनैपनि कमी हुन नदिन जनशक्ति परिचालन गरिएको छ ।

अहिले कोरोना महामारीको समयमा एउटै अस्पतालमा सवै जनशक्ति र विरामीको उपचार जोखिम भएकाले कर्णालीभरी आवश्यकताको आधारमा जनशक्ति परिचालन गरि मौलिक नमूना उपचार विधी प्रतिष्ठानले अपनाएको प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानको सूचना एकाद्धार प्रणालीबाट जाओस भन्ने उद्देश्यका साथ प्रवक्ता डां रमेशलाई तोकिएको बताउनुभयो ।

अघिल्लो पटकको कोरोना संक्रमणमा पनि माथिल्लो कर्णालीका विभिन्न जिल्लामा स्वाब संकलन तथा उपचारको काम गरिएको थियो । यसैगरी प्रतिष्ठानले एमविविएस, व्याचलर नर्स, व्याचलर ईन क्लिनिकल न्यूटेशन विषय पनि चाडै पढाई हुने प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्