OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०७८काठमाडौं
४०५ पटक

६ जेठ, बुटवल । कपिलवस्तुमा गोली चल्दा नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेसँगै अर्का एक भारतीय नागरिक पनि घाइते भएका छन् ।

तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा बुधबार राति ११ बजेतिर गोली चल्दा कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेसँगै भारतको सिद्धार्थनगर जिल्ला तेतरी बजारका इयाज अख्तर मुसलमान घाइते भएका हुन् ।

तीनजनाको समूहमा मोटरसाइकलमा आएका व्यक्तिले मोटरसाइकलमा सवार उनीहरुमाथि गोली प्रहार गरेका थिए । पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । मुसलमानको बायाँ पाखुराको छेउमा गोली लागेको घाउ छ । मुसलमानलाई लागेको गोली पाखुरामा छोएर बाहिर गएको छ ।

दुवैजनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको र मुसलमान खतरामुक्त रहेको उनले बताए ।

निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताए । जगदिशपुर ताल नजिक कुस्मा भन्ने स्थानमा जर्लैया नाकामा पर्ने बाणगंगा नदीबाट फर्कने क्रममा आफूहरुमाथि गोली चलाइएको पाण्डेको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । साथीहरुसँग मिलेर नदीजन्य पदार्थको ठेक्कापट्टाको कामबाट फर्किंदा घटना भएको पाण्डेले बताएको कपिलवस्तु प्रहरी प्रवक्ता भण्डारीले बताए ।

गोली चलाउने समूहको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने डीएसपी भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस्