OnlinePana

आज : २०८१ मंसिर ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, पूर्ण चौलागाई बैशाख ३१, २०७८जुम्ला ।
१६२५ पटक

२०७८ वैशाख ३१ गते,
जुम्ला ।  दोस्रो चरणको कोरोनाले दिनदिनै मानिसको मृत्यूको दर बढ्न थाल्यो । अस्पतालमा वेड अभाव, अक्सिजन अभाव आज भोली संचारमाध्यामका आउने खबर प्रथामिकतामा पर्दछन् । कोरोनाको यस्तो अवस्थामा नेपालगंज पश्चिम नेपालको हटस्पोट जस्तै भयो । भारतसँग जोडिएको सिमा नाका रुपैडिहा नजिक भएकाले नेपालगंजलाई बढि असर गर्यो । विरामीको ज्यान जान र बढ्न थालेपछि नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई नेपालगंजमा खटिन अनुरोध गरेको थियो । सोही अनुसार कर्णाली प्रतिष्ठानका आईसियू विभाग प्रमुख डाक्टर प्रविण गिरीको नेतृत्वमा नेपालगंजको भेरी अस्पतालमा खटिएको स्वास्थ्य टोलीको खबर कस्तो होला ? हामीले टेलिफोनबाट फलो अफ गरेका छौ ।

कोरोनाको विरामी बचाउन लडिरहेका छौ: डा. प्रविण गिरी
सरकारले खटाएपछि हामी नेपालगंज लाग्यौ । अहिले यहाँ हामी सम्म सन्चै छौ । त्यहाँ के छ ? कोरोनाको रापतापमा हामी मानिसको ज्यान जोगाउन उपचारमा हामी डटिरहेका छौ । नेपालगंजमै दिनानुदिन ८ देखी १० जना मृत्यू भईरहेका छन् । पहिले त कठिन लाग्यो अहिले भेरी अस्पतालमा काम गर्न वानी पर्न थालेको छ । जुम्लाबाट नेपालगंजमा कोरोना महामारीमा विरामीको उपचार गर्न गएका स्वास्थ्य टोली प्रमुख डा. गिरीले बताउनुभयो ।
कोरोनाले ज्यान बढि गुमाईरहेको नेपालगंज र भेरी अस्पतालमा खटिरहेका डाक्टर गिरीले टेलिफोन मार्फत त्यहाँको बस्तुस्थिति र कर्णाली प्रतिष्ठानको टिमले गरिरहेको कामको जानकारी दिनुभयो । उहाँले आधा टिमले १० देखी ५ बजे र आधा सिफ्ट डयूटिमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले अहिले नेपालगंजका सवै वाडमा कोरोना संक्रमित विरामी भर्ना भएका भन्दै । स्थिति अझै डर लाग्दै भएको बताउनुभयो । डाक्टर गिरीले यति धेरै जोखिममा कर्णाली प्रतिष्ठानको टोलीले काम गर्दा आफुलाई पनि ज्यान जोखिममा भएपनि गर्भ लागिरहेको बताउनुभयो । अव शुक्रवार देखी हामी आईसुलेशनमा बस्ने तयारी भएको उहाँले बताउनुभयो । कोरोना परीक्षण समेत गरेका छैनौ । त्यसपछि काम गर्दै जाउ के हुने हो हेरौ ।

आँखा अगाडि विरामी विरामी गुमाउदा मन दुख्छ : डा. अरुण श्रेष्ठ
हामी कुल माईन्डमा जुम्लामा काम गरिरहेका थियौ । तर नेपालगंजमा आयौ, अर्को स्थानमा काम गर्न जादा नयाँ लाग्ने । अरु जे सुकै होस आखा अगाडि विरामीको मृत्यू हुदा मन चसक्कै दुख्छ । टोलीका अर्का मेडिकल अफिसर डाक्टर अरुण श्रेष्ठले टेलिफोनमा आफ्नो अनुभव साटनुभयो । उहाँले संक्रमित विरामी सँग धेरै कुरुवा आउने भएकाले संक्रमण बढिरहेको अनुभव बताउनुभयो । प्रतिष्ठानले खटाउन डर पनि लाग्यो तर जीवन यसैमा छ त भन्ने गर्वपनि लागेको उहाँले बताउनुभयो । आफुहरुको डयूटि दिउसो १० देखी ५ बजे सम्म भएको उहाँले बताउनुभयो । विरामीको सेवा गर्दै गर्दा कहिले फेस मास्क खस्दो रैछ कहिले ग्लोब्स झर्ने पत्तो नहुने तर हामी मानवीय सेवाका लागि विरामी बचाउन लागिरहेका छौ ।

हिक्मत गरेर आईयो, सेवा गरिरहेका छौ : डा. हरिशंकर न्यौपाने
सिसिरे सिचो हावा, वाक्लो कपडामा जुम्लामा काम गरिरहेका हामी । राज्यलाई आवश्यकता पर्दा नेपालगंज आयौ र बढ्दो गर्मी, बढ्दो कोरोना संक्रमणमा काम गरिरहेका छौ । ४० देखी ४४ डिग्री सम्मको तापक्रममा भेरी अस्पतालमा पिपिई सेट लगाएर काम गर्नुपर्छ । हिक्मत गरेर आईयो, सेवा गरिरहेका छौ । शुरुको दुई घण्टा त पसिनाले नहुाए जस्तै हुुन्छ विस्तारै काम गर्ने काम भईरहेको छ । तर केही मानिरहेका छैनौ, चुनौति सँग डटिरहेका छौ । घर परिवारमा चिन्ता बढेपनि सम्झाउने काम गरिरहेका छौ, उहाँले भन्नुभयो । नेपालगंजमा अझै विरामीको चाप बढिरहेको छ ।

डरलाई पन्छाउदै समायोजन भई काम गरिरहेका छौ : एच ए नरेन्द्र शर्मा
टोलीमा नेपालगंजको भेरीमा खटिरहेका स्वास्थ्यकर्मी हेल्थ असिष्टेन्ट नरेन्द्र शर्माले शुरुमा निकै डर लागेपनि अहिले काम गर्न ढुक्क भईरहेको बताउनुभयो । उहाँले जुम्लामा सवै थाहाँ थियो । फेरी त्यहाँ संकास्पतलाई मात्रै हुन्थ्यो । यहाँ विरामी छ भने संक्रमित मात्रै । तर पनि सेवा गर्ने मौका पाईरहेका छौ । ३, ४ दिन जुम्लाको टोलीले दुई टिममा काम गर्यौ । अहिले डाक्टरहरुको दिउसो र हाम्रो सिफ्रटमा काम भईरहेको छ । जोखिममा काम गरिरहदा एकातिर डर लागिरहेको छ भने बिस्तारै काम सजिलो पनि लागि रहेको छ । पसिनाले हैरान बनाउछ, कोरोना संक्रमणको उत्तिकै डर तर खटिरहेका छौ ।

घरमा एक्लै आमा छोडेर सेवा पहिलो भन्ने लाग्यो : नर्स तेन्जिन तामाङ

घरमा एक जना आमा छोडेर सेवामा सर्मपण छु । आमा विरामी हुनुन्छ । तर पनि मलाई आफ्नो पेशा र सेवा महत्वपूर्ण हो भन्ने लाग्छ । यहाँ अहिले भेरी अस्पतालमा सिफ्ट डयूटि गरिरहेको उहाँले बताउनुभयो । यो महामारीभित्रको सेवा चुनौति सँगै निकै धेरै सिकाई भएको छ । अच्चम त के लाग्छ भने संक्रमित वेगरका क्लाईन्टनै छैन र हुदैनन । त्यो कठिन परिस्थितिमा काम भईरहेको छ । तर विस्तारै सजिलो लाग्दै भएको छ । तर वाँचेर आईन्छ जस्तो लाग्छ । तर डटेर काम गर्नु विकल्प छैन् ।

शुरुमा कठिन लाग्यो अहिले सजिलो हुदै गईरहेको छ : नर्स सुस्मिता खड्का
नेपालगंज खटिरहेको टोलीमा नर्स सुस्मिता खड्का पनि हुनुहुन्छ । उहाँले कोरोना आफु पनि कोरोना संक्रमित विरामी सँगै काम गरिरहेको बताउनुभयो । उहाँले काम त हुनेनै भयो । संक्रमण अझै डर लाग्दो रुपमा बढिरहेको छ । हरेक दिन वेडमा हासिरहेको विरामी भोलीपल्ट नभएको देख्दा चिन्ता पनि लाग्छ । तर आत्तिने कुरा भएन । प्रतिष्ठानमा हाम्रो डिजाष्टर टिम थियो । त्यो टिममा हामी पनि थियौ । यसैले नेपालगंज हामी सेवा गर्न आयौ । अर्को अस्पतालमा आउदा नियम कानून फरक वुझन पनि पहिला समय लाग्नेनै भयो । अव ठिक हुदै गईरहेको छ ।

अन्तत: कोरोनाको आक्रान्त भईरहेको नेपाल र अझै नेपालगंजमा जुम्लाको टिमले संकटमा दिएको साथले गतिलो सन्देस गएको छ । यति मात्रै होईन जिल्ला बाहिरबाट अहिले जुम्लामा उपचार गर्न आउनु र आशा गर्नु ठूलो प्रेणादायी काम भएको छ । जुम्लाबाट कोरोनाको आक्रान्त भएको नेपालगंजको भेरी अस्पतालमा आफ्नो ज्यानलाई जोखिम राखेर काम गरिरहेका ति स्वास्थ्यकर्मीहरुलाई ईतिहासले मुल्यांकन गर्नेछ र गर्नुपर्छ ।

 

प्रतिकृया दिनुहोस्