OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ६, २०७६सुर्खेत
३५३ पटक

सुर्खेत, ६ भदौ ः आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले कर्णाली प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीलाई आज साँचो हस्तान्तरण गर्नुभयो । साँचो हस्तान्तरण गर्दै कानूनमन्त्री भण्डारीले प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन र जनताको दैनिक समस्याहरु यथासम्भव समाधान गर्न दुई चरण गरेर १४ गाडी हस्तान्तरण गरिएको बताउनुभयो ।
साँचो ग्रहण गर्दै प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य अभाव र बढी आवश्यकता भएका जिल्लाको अवस्थालाई मध्यनजर गरेर गाडी प्रदान गर्ने बताउनुभयो । “भौगोलिक विकटता बनाएको अप्ठ्यारोलाई प्रदेश सरकारको यो कामले सजिलो बनाएको छ,” उहाँले भन्नुभयो, “यस कार्यले प्रहरीको मनोबल बढाउनुको साथै कार्यसम्पादनमा प्रभावकारिता ल्याउने देखिन्छ ।”
प्रदेश सरकारले बलेरो क्याम्पर र टाटा कम्पनीका गाडी प्रदान गरेको मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७५÷०७६ अन्तरगत गाडी खरिदका लागि विनियोजित रु.आठ करोड बजेटमा रु.छ करोड २९ लाख ९५ हजारको गाडी प्रदेश प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

प्रतिकृया दिनुहोस्