OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७६कालिकोट
३४५ पटक

कालिकोट २ भाद् । एक साता लामो जिल्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री तथा नेकपाका कालिकोटका ईन्चार्ज महेन्द्रवहादुर शाहीले नेकपाका जिल्ला नेतालाई नेकपामा प्रवेश गराउनुभएको छ । सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकमा विप्लवका जिल्ला सचिवालय सदस्य लगायतका नेताकार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको हो ।

विप्लवको आधारईलाकाका रुपमा प्रचार गरिदै आएको कालिकोटमै विप्लवले लिएको नीति प्रति असहमति राख्दै विप्लवका जिल्ला सचिवालय सदस्य कालीवहादुर महतारा लगायतका नेता कार्यकर्ताहरुले नेकपा प्रवेश गरेका हुन । सोमवार नै नेकपा कालिकोटको वैठकमा विप्लव निकट पत्रकार संगठनका रुपेन्द्र ऐडि र राप्रपाकी मधुकुमारी शाहीले पनि नेकपा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई फुलमाला तथा अविरले स्वागत गर्दै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट ईन्चार्ज महेन्द्रवहादुर शाहीले क्षमताअनुसार पार्टीमा उपयुक्त जिम्मेवारी दिने वताउनुभयो ।

पार्टी प्रवेश पछि विप्लवका जिल्ला सचिवालय सदस्य कालीवहादुर महताराले हिंशात्मक राजनीतिको कुनै अर्थ नभएको भन्दै जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गर्दै समाजवाद निर्माणको वाटोमा अगाडि वढ्ने वताउनुभयो ।

उहाँले विप्लवको राजनीतिक लाईन अस्पष्ट र दिशाहीन रहेकोले कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो ।

कालिकोटका दुर्गम गाँउहरुको भ्रमणमा रहँदा विभिन्न ठाँउहरुमा आफु लक्षित वम विष्फोटका घटनाहरु व्यहोरेका मुख्यमन्त्री तथा नेकपाका नेता शाहीले कालिकोटमै विप्लवका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनुले विप्लवको पकड कम्जोर वन्दै गईरहेको विश्लेषण गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्