OnlinePana

आज : २०७९ चैत्र १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०७८काठमाडौं
२८७ पटक
यही वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमित विरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्नका लागि स्थानीय तहले एक÷एक लाख रुपैयाँ तीन दिनसम्म जम्मा गरिसक्नु पर्ने निर्णय गरेको थियो ।

निर्णय गरेको एक साता वित्न लाग्दा पनि कुनै पनि स्थानीय तहले रकम जम्मा नगरेपछि सांसद महतले निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका हुन ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिडका बिरामी ओसारपसार गर्न सम्बन्धित स्थानीय तहलाई परिपत्र गरिसकेको छ । स्थानीय तहले डिसीसीएमसीको बैठकमा आफै निर्णय गर्ने तर निर्णयको आफै कार्यन्वयन नगर्ने गरेकोले कोभिड एम्बुलेन्स व्यवस्थापन हुन सकेको थिएन ।

सांसद महतले सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ तिला गाउँपालिकालाई उपलव्ध गराउने छन् । गाउँपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई उपलव्ध गराउने छ । सांसद महतले उपलब्ध गराउने रकमले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स व्यवस्थापन गर्र्न सहज हुने भएको छ ।

जुम्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । यसअघि ६२ जना कोरोना संक्रमित थिए । वैैशाख २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आरटी पिसिआर ल्यावमा ४० जनाको स्याम्पल परीक्षण गरिएको हो ।

परीक्षण गरिएका मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरु लक्षणसहितका छन् । उनीहरुलाई अक्सिजनको पनि आवश्यकता पर्ने जनाएको छ । धमाधम लक्षणसहितका संक्रमित देखिन थालेपछि कोभिड एम्बुलेन्सको जरुरी देखिएकाे छ ।

प्रतिकृया दिनुहोस्