OnlinePana

आज : २०८३ भाद्र ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०८३काठमाडौं
३ पटक

१० भदौ २०८३, बुधबार

कर्णाली प्रदेश पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत वीरेन्द्रनगरको आयोजनामा आज कर्णाली प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

उक्त घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा हुनुको प्रमुख श्रेय स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुलाई नै जाने बताउनुभयो । पूर्णखोप सुनिश्चितताका आवश्यक सूचक तथा मापदण्ड पुरा गरेपश्चात् गरिएको घोषणाको दीगोपना सबैभन्दा ठूलो चुनौति भएको बताउँदै उहाँले यसलाई सामना गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विकट भूगोल, आवश्यक स्रोत, साधन तथा जनशक्तिको अभावका बीचमा पूर्णखोप सुनिश्चितताको प्रदेश घोषणा हुने कुरा चानचुने नभएको औंल्याउँदै मन्त्री मल्लले यसको प्रभावकारी कार्यान्वयनले कामको परिणाम देखिने उल्लेख गर्नुभयो । यसका लागि विकास साझेदार निकायहरुको सहयोग आवश्यक भएको बताउनुभएको उहाँले प्रदेश सरकारले विशेष एवं अभिभावकीय भूमिका खेल्ने जनाउनुभयो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले काम गर्नेहरुलाई प्रोत्साहन मिल्ने खालको व्यवहार देखाउन सकिए यसले आगामी दिनमा पनि आवश्यक प्राप्त हुने बताउनुभयो । कर्णालीको विकट भूगोलमा भूई तहमा रहेर काम गर्ने स्वयंसेविकाहरुको उच्च मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाई थियो ।

मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले आधारभूत तहमा काम गर्ने स्वास्थ्यकर्मीको योगदान, युनिसेफलगायतका साझेदार निकायको प्राविधिक सहयोग र मिडियाकर्मीहरुको विशेष भूमिकाले कर्णाली पूर्णखोप सुनिश्चिता घोषणा हुन सकेको टिप्पणी गर्नुभयो । “तोकिएका उमेर समुहका बालबालिका सबैले राष्ट्रिय तालिका अनुसार खोप प्राप्ति गरे अनुसार पूर्णखोप सुनिश्चितत घोषणा हो,” उहाँले भन्नुभयो ।

राष्ट्रिय खोप समन्वय समितिको सिफारिस अनुसार कर्णालीलाई दोस्रो पूर्णखोप सुनिश्चितता र दीगोपनाको प्रदेश घोषणा गरिएको बताउनु भएका उहाँले मुलुकको समुन्नत भविश्य निर्माणका लागि हरेक बालबालिकाले खोप प्राप्त गर्नुपर्ने जनाउनुभयो । युनिसेफ नेपाल कर्णाली प्रदेश प्रमुख दीपक श्रेष्ठले लामो समयसम्म गरेको अभियानले आज पूर्णता पाएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्