OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीबैशाख २१, २०७८जुम्ला,
५९४ पटक

२१ वैशाख २०७७
जुम्लामा २०७८ साल वैशाख २२ गतेबाट नौ दिन निषेधाज्ञा हुने भएको छ । जिल्लामा कोरोना संक्रमण बढेपछि रोकथामका लागि लकडाउन गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई निषेधाज्ञा गर्न सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा जिल्ला सुरक्षा समितिको वैठक र जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय अनुसार मिति २०७८ वैशाख २२ गते राती १२ बजे देखी वैशाख ३१ गते सम्म निषेधाज्ञाको सूचना जारी गरिएको उल्ल्ेख छ । यसैगरी अत्यावश्यक सामान खरिदका लागि भने दैनिक विहान ६ बजे देखी ९ बजे सम्म समय निर्धारण गरिएको निषेधाज्ञाको सूचनामा उल्लेख रहेको छ ।

कोरोनाको संख्या बढेपछि र समुदायमा फैलिएपछि थप भयभह अवस्था हुन नदिनका लागि लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीको सूझाव अनुसार निषेधाज्ञा गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठक र आम नागरिकको सूझाव आएको थियो ।

प्रतिकृया दिनुहोस्