OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी बैशाख २१, २०७८ जुम्ला
८४७ पटक

वैशाख २१ ग्ते । कोरोना संक्रमण बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ओपिडि सेवा वन्द गरेको छ । प्रतिष्ठानले जोखिम कम गर्न भन्दै ओपिडि सेवा वन्द गरेर ईमरजन्सी उपचार थालेको हो ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार सवै स्वास्थ्यकर्मी कोरोनाको उपचरमा खटिनुपर्ने भएको हुदा अहिले आकस्मिक वाहेकका सेवा वन्द भएका छन् । ओपिडिमा रहेका जनशक्तिहरु कोरोनाको उपचारका लागि खटिएका प्रतिष्ठानले जनाएको छ । वैशाख १७ गते देखी ओपिडि वन्द गरिएको सूचना समेत जारी गरिएको छ ।

प्रतिष्ठानले जारी गरेको सूचना अनुसार कोरोना भाईरसको विषम परिस्थितिमा प्रतिष्ठानमा कार्यरत कर्मचारी, सर्वसाधारण विरामी तथा सुरक्षाको समुदायको सरक्षाको लागि अर्को सूचना जारी नभए सम्मका लागि वन्द गरिएको बताएको छ ।

प्रतिष्ठानले यद्यपी ईमरजन्सी विरामीका लागि हटलाईन सेवा नम्बर व्यवस्थापन गरिएको सूचना जारी गरेको छ । १६६०८७५२५५५ नम्बरको हटलाईन सेवा गरिएको प्रतिष्ठानले जनाएको हो ।

टेलिफोनवाट स्वास्थ्य परापर्श सेवा :
साधारण समस्या भएका विरामीहरुले टेलिफोन मार्फत चिकित्सकलाई परामर्श सेवा लिन समेत टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा विशेषज्ञ डाक्टर पुजन रोकाया हाडजोर्नी, डाक्टर सूर्यमान लिम्बु सर्जरी, डाक्टर राजेन्द्रमणि गिरी मेडिसिन, प्रा.डा. सुनिलि बुढाथोकी बालरोग, डाक्टर राजिव शाह स्त्री तथा प्रसुति रोग विशेषज्ञको फोन सार्वजनिक गरिएको छ ।
यसैगरी कोरोना संक्रमण बढेपछि जनशक्ति खटन पटन व्यवस्थापन गरेको छ । प्रतिष्ठानले २४ सै घण्टा ५ जना डाक्टर राखेर ईमरजन्सी र कोरोनाको उपचारमा लागिरहेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यस अघि छ जना डाक्टर नेपालगंजको भेरी अस्पतालमा डाक्टर प्रतिष्ठानले पठाएको छ ।

४८ संक्रमित, एक जना सिकिस्त :
कोरोना संक्रमणको उपचारमा खटिरहेको कर्णाली प्रतिष्ठानमा अहिले जिल्ला बाहिरबाट विरामी आउन थालेका छन् । सुर्खेतबाट आएका मध्यम स्वास्थ्य समस्या भएका वेड र अक्सिजन आवश्यक विरामीको समेत उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एकजना विरामी सिकिस्त विरामी भएको जानकारी दिएको छ । यसैगरी कोरोना पोजेटिभको संख्या ४८ पुगेको जानकारी गरिएको छ । प्रतिष्ठानका मेडिकल रेकडर मेघराज बुढाका अनुसार ४ वटा बाहिरबाट आएको सेम्पल सहित अन्य जुम्लाका गरी ४८ जना संक्रमित भएको बताईएको छ ।
क्याप्सन ः कर्णाली प्रतिष्ठान जुम्ला तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्